१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पत्रकार अधिकारी सम्मानित



कपिलवस्तु ११ साउन ।

वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले जनताको सेवामा आफु सदैव खटिरहने बताउनुभएको छ । वाणगंगा कर्मचारी संगमले आयोजना गरेको जनप्रतिनिधीलाई स्वागत तथा सम्मान कार्यक्रमका अवसरमा नगर प्रमुख थारुले कर्मचारी र जनप्रतिनिधीबीचको सहकार्यले नगरको विकासले गति लिने बताउनुभएको छ ।

वाणगंगा कर्मचारी संगमले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख विष्णु घर्तीले जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । वाणगंगा नगरपालिका सेवा क्षेत्रका सरकारी कार्यालयका कर्मचारी सदस्य रहेको वाणगंगा कर्मचारी संगमले वाणगंगा नगरपालिकाबाट निर्वाचित प्रमुख उपप्रमुख सहित सवै वडा अध्यक्षलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नम्बर ११ का सोमनाथ अर्यालले कर्मचारी र जनप्रतिनिधीहरु बीच हातेमालो गरेर जनतालाई सहज तरिकाले सेवा उपलब्ध गराउनुपर्ने बताएका थिए । ३१ वटा सरकारी कार्यालय आवद्ध रहेको वाणगंगा कर्मचारी संगमले आफनो सेवा प्रवाहका अतिरिक्त समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

स्वागत तथा सम्मान कार्यक्रम इलाका प्रशासन कार्यालयका प्रमुख तथा संगमका अध्यक्ष विष्णु घर्तीको अध्यक्षता, पिपरा अस्पतालका देवी श्रेष्ठको संचालन तथा मोतिपुर स्वास्थ्य चौकी इन्चार्ज रामप्रसाद गौतमको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच इलाका प्रशासन कार्यालय वाणगंगाले आयोजना गरेको जनप्रतिनिधीको स्वागत तथा सम्मान कार्यक्रममा पत्रकार हरि अधिकारीलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव तथा प्रेस चौतारीका जिल्ला अध्यक्ष समेत रहेका अधिकारीलाई नगरक्षेत्रका सेवाग्राहीका गुनासा र समस्याका बारेमा सूसचित गर्ने कार्यमा सहयोग पुरयाएको भन्दै सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा पत्रकार हरि अधिकारीले नगरक्षेत्रका ३१ वटै सरकारी कार्यालयले जनतालाई सहज सूचना उपलब्ध गराउन संचारमैत्री हुनुपर्ने सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  १ : २९ बजे