१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तुलसिपुर बजार हर्न निषेधित क्षेत्र घोषणा



दाङ, ११ साउन ।
सवारी साधनको चाँपसँगै बढेको ध्वनी प्रदुषण नियन्त्रण गर्न दाङको तुलसिपुर बजारलाई आजदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।
हर्न निषेधित क्षेत्र घोषणासँगै आजदेखि बजार क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनले हर्न बजाउन पाउने छैनन् । यसबारे जानकारी दिन बजारका विभिन्न ६ स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको छ ।
तुलसिपुर उपमहानगरपालिका–५ का जनप्रतिनिधिको बैठकले तुलसिपुरको बजार क्षेत्रलाई साउन ११ गतेदेखि लागु हुने गरी हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : २७ बजे