१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तुमा तीन युवा उद्यमी पुरस्कृत



कपिलवस्तु ११ साउन ।
जिल्ला युवा समिति कपिलवस्तुले जिल्लाका ३ जना उद्देमी युवाहरुलाई पुरस्कृत गरेको छ । तौलिहवामा एक कार्यक्रमको आयोजना गरि युवाहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा अगरबत्ति उद्योगका दृष्टिबिहिन युवा राम किसुन चौधरी, मिलास पोल्ट्री एनिमल एण्ड एग्रो फरेष्टी उद्योगका मित्रलाल सापकोटा, लुम्विनी फर्निचर उद्योगका देवी प्रसाद पौडेल पुरस्कृत हुनुभएको हो ।
उहाहरुलाई समितिका अध्यक्ष टुकलाल गैरेले कदर पत्र सहित सम्मान गर्नुभएको छ । समितिले सम्मान गरेकोमा आफुहरुलाई खुशी लागेको र उद्योग व्यवसायलाई अझै राम्रो बनाउन प्रेरणा मिलेको सम्मानित युवाले बताएका थिए ।
यस्तै समितिले व्यवसायिक सिप विकास तालिम अन्तरगत व्युटिसिय तालिम दिएको थियो । उक्त तालिममा १० जना युवाहरुको सहभागिता रहेको थियो । जिल्लाका वेरोजगार युवाहरुको पहिचान गरि स्वरोजगार बनाउन समितिले पहल गरेको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : ३६ बजे