१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नयाँ विश्व कीर्तिमान पिटीले



काठमाण्डौँ, ११ साउन ।
बेलायतका एडम पिटीले पौडीको ५० मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमान भंग गर्दै नयाँ विश्व कीर्तिमान बनाएका छन् । हंगेरीको बुडापेस्टमा भइरहेको विश्व एक्वाटिक्स च्याम्पियनसिपको सेमिफाइनलमा २५ दशमलव ९५ सेकेण्डमा पौडी पूरा गर्दै पहिलो भएर नयाँ विश्व कीर्तिमान बनाउन सफल भए । २२ वर्षका साबिक विजेता पिटी ५० मिटर ब्रेस्टस्ट्रोकमा २६ सेकेण्ड भन्दा कम समयमा पौडी पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यसअघि उनले २६ दशमलव १० सेकेण्डमा पौडी पूरा गर्दै कीर्तिमान बनाएका थिए । उनले यो कीर्तिमान यहि प्रतियोगिताको हिट चरणमा बनाएका हुन् । उनले एकै दिनमा आफैले बनाएको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । यो स्पर्धामा उनले सन् २०१५ मा रुसमा भएको विश्व च्याम्पियनसिपमा २६ दशमलव ४२ सेकेण्डको कीर्तिमान बनाएका थिए ।
पिटीले यसअघि बुडापेस्टमा सोमाबार एक सय मिटर ब्रेस्टस्ट्रोकमा उपाधि जितेका थिए । ५० मिटर ब्रेस्टस्ट्रोकको फाइनलमा आफ्नो प्रदर्शनलाई अझै सुधार गरेर साढे २५ सेकेण्डमा पौडी पूरा गर्ने लक्ष रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : ४२ बजे