१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

हातले गोल गर्ने म्याराडोना भिएआरको पक्षमा



काठमाण्डौ, ११ साउन ।
डिएगो म्याराडोनाले आफू फुटबलमा भिडियो एसिसट्यान्ट रेफ्रि (भिएआर) प्रयोगको पक्षमा रहेको बताएका छन् । उनी सन् १९८६ को विश्वकपमा हातबाट गरेको गोलका लागि निकै चर्चित छन् । उनलाई त्यो गोलका लागि ‘ह्याण्ड अफ गड’ को रुपमा पनि चिन्ने गरिएको छ । ३१ वर्षअघि अर्जे्न्टिनाका म्याराडोनाले विश्वकपको क्वाटर फाइनलमा इंग्ल्याण्डसँगको खेलमा २–१ को जित निकाल्ने क्रममा गेलका लागि हातको प्रयोग गरेका थिए । त्यसबेला भिएआर प्रविधि भएको भए आफ्नो गोल पनि मान्य नहुने उनले बताए । म्याराडोनाले आफू भिएआरको पक्षमा रहेको बताउँदै विश्वकपमा यो प्रविधि नहुँदाको फाइदा आफूले एक पटक नभएर दुई पटक लिएको बताए । सन् १९९० को विश्वकपको समूह चरणको खेलमा पनि आफूले बल क्लियर गर्नका लागि हातको प्रयोग गरेको उनले बताएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : ४४ बजे