७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राप्ती वस समितिको कार्यालय प्रमुखमा शर्मा नियुक्त



शरद रेग्मी, श्रावण ११ तुलसीपुर ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको कार्यालय प्रमुखमा सिताराम शर्मा नियुक्त हुनु भएको छ । समितिको वुधवार प्रधान कार्यालय तुलसीपुरमा वसेको बैठकवाट समितिका वरिष्ठ अधिकृत शर्मालाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । हमालका अनुसार वर्तमान कार्यालय प्रमुख डा.लोकराज पराजुलीको २५ वर्षे कार्यकाल पुरा भएको हुदा शर्मालाई कार्यालय प्रमुखमा नियुक्त गरिएको हो । समितिमा आज एक कार्यक्रमको आयोजना गरी समितिका कार्यालय प्रमुख डा.पराजुलीलाई विदाई गर्नुका साथै नवनियुक्त कार्यालय प्रमुख शर्मालाई सफल कार्यकाल र समितिको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएकोमा स्वागत गरिएको छ ।

त्यस्तै समितिमा विभिन्न पदमा रहि सेवा पुरयाएका अन्य कर्मचारीहरुलाई पनि विदाई गरिएको समितिका प्रशासनिक सचिव नारायण न्यौपानेले जानकारी दिनुभयो । अवकास सहित विदाई हुने कर्मचारीहरु राम प्रसाद आचार्य, सिताराम वर्मा, उमानाथ पाठक, तुलाराम वली र चिन्तामणि शर्मा रहनु भएको छ । समितिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा वसेको कार्यसमितिको बैठकले प्रशासनिक तथा अन्य पदमा कर्मचारीहरु समेत हेरफेर गरेको छ ।

बैठकमा समितिका वरिष्ठ उपाध्यक्ष भरतनाथ योगी, पूर्व अध्यक्ष देवि वहादुर डि.सी., सल्लाहकार वामदेव खनाल, विष्णु पाण्डे,अनुगमन संयोजक युवराज शर्मा, उपाध्यक्षहरु पुस्कर धिताल, मान वहादुर डांगी, कल्यानकारी सचिव भरतराज श्रेष्ठ, कोषाध्यक्ष प्रविण कुमार पुनमगर, कानूनी सल्लाहकार प्रवीण लम्साल लगायतले आफ्नो धारणा राख्नु भएको थियो । यसै विच बैठकमा समितिले चाडपर्वमा यातायात सेवा प्रभावकारी वनाउने सन्दर्भमा समेत छलफल भएको थियो ।

साथै समितिलाई चुस्त र दुरुस्त पार्नूका साथै यात्रु मैत्री वातावरणमा गाडीहरु संचालन भए नभएको वारेमा निरन्तर अनुगमन गर्ने र चाडपर्वको वेला समितिले प्रदान गर्ने यातायात सेवाको वारेमा समेत व्यापक छलफल गरिएको समितिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ३ : ४९ बजे