६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नेइमारले बार्सिलोना नछोड्ने पिकेको दाबी



काठमाण्डौ, साउन १२ ।
बार्सिलोनाका फरवार्ड नेइमार क्लबमै बस्ने टिमका साथी खेलाडी जेराड पिकेले बताएका छन् । पिकेले नेइमार बार्सिलोनामै बस्ने र यो आफ्नो अन्तर्ज्ञान रहेको बताएका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अनुबन्ध गर्न चाहेको छ ।
पिएसजीले विश्व कीर्तिमानी मूल्य १९ करोड ९० लाख पाउण्ड स्ट्रर्लिङमा क्लब भित्र्याउनका लागि नेइमारसँग भेट गरेको खबर आइरहेका बेला पिकेले नेइमार बार्सिलोनामै बस्ने बताएका हुन् । पिकेले नेइमारसँग आफूले गरेको कुराकानीका आधारमा उनी बार्सिलोनामै बस्ने मनसायमा रहेको पाएको बताएका हुन् । तर यो आफ्नो अन्तर्ज्ञान मात्रै रहेको उनको भनाई छ । गएको शनिबार भएको इटालियन क्लब युभेन्टससँगको मैत्रीपूर्ण खेलमा बार्सिलोनालाई २–१ को जित दिलाउने क्रममा दुवै गोल नेइमारले गरेका थिए । त्यसपछि बार्सिलोनाका प्रशिक्षक अ्रनेस्टो भाल्भेर्डेले नेइमार बार्सिलोनामा रहुन् भन्ने आफ्नो चाहना रहेको बताएका थिए ।
पिकेले ट्वीटरमा नेइमारसँगको तस्बिर पोस्ट पनि गरेका छन् । त्यसको क्याप्सनमा उनले नेइमार क्लबमै रहने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  २ : ३५ बजे