१६ चैत्र २०८०, शुक्रबार | Sat Mar 30 2024

नेदरल्याण्डस् सेमिफाइनलमा, स्वीडेन पराजीत



मायादेवी, १५ साउन ।
नेदरल्याण्डस् महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै आयोजक नेदरल्याण्डसले अन्तिम चारमा स्थान बनाएको हो ।नेदरल्याण्डसको जितमा लिएकी मार्टिन्स र विविएन मिएडिमाले गोल गरे ।
३३ औं मिनेटमा मार्टिन्सले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाइन् । ६४ औं मिनेटमा मिएडिमाले गोल गरेपछि २–० को जितसहित नेदरल्याण्डसले अन्तिम चारमा स्थान पक्का गरेको हो । नेदरल्याण्डसले सेमिफाइनलमा इंग्ल्याण्ड र फ्रान्सबिच हुने क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १२ : ३१ बजे