७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

फुटबल रंगशालमा भागदौड, दुईजनाको मृत्यु



काठमाण्डौ, १५ साउन ।
दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा कम्तिमा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका छन् ।
काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको गेटमा धकेलाधकेल हुँदा दुईजनाको ज्यान गएको हो । प्रि–सिजन कप अन्तर्गतको खेल घटनापछि पनि भएको थियो ।
रंगशालको गेट खोलेपछि अवस्था नियन्त्रणमा आएको खेल पदाधिकारीले बताएका छन् । खेल काइजर चिफ्सले १–० ले जितेको र टेलिभिजन लाइभ कभरेजको क्रममा खेलमा भागदौडले असर गरेको नदेखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  २ : ३४ बजे