१९ आश्विन २०७९, बुधबार | Thu Oct 6 2022

सफलता हाँसिल गर्ने पाँच सुत्र


२७ असार २०७४ मंगलबार ००:००  

0
Shares

मानीसको स्वभाव अनुसारनै अनगिन्ती इच्छा र चाहाना हुन्छन्। चाहे जागीरमा होस् या विद्यार्थी जीवन, खेलकुदमा होस् या ब्यापार ब्यवसायमा, हरेक क्षेत्रमा अगाडी नै बढ्ने चाहना हुन्छ। तर, हामी आफ्ना चाहाना पुरा गर्न भन्दा पनि अनेक बहाना बनाई हात्तीलाई किल्लामा बाँधेर राखे जस्तो आफुलाई अड्काइ रहेका हुन्छौँ। वास्तवमा कसैले कसैलाई परिबर्तन गराउन संभव छैन। आफु बदलिन स्वयं परिबर्तन हुनु पर्छ। जब सपनाहरु सोचमा आउन थाल्छन् अनि मात्र खोज हुन्छ। जहा समस्या त्यहाँ समाधान भने जस्तै सपना सोचमा आएपछि मात्र केही सपना पुरा हुन्छन् भने केही सपनाकै रुपमा रहन्छन्।

सपना देख्ने मान्छेले आफ्नो सपनालाई चिन्ता होईन चिन्तनमा बदल्न सक्नुपर्छ। सपनालाई समस्या ठानेर होईन तपस्याले मात्र बिपनामा परिणत गर्न सकिन्छ। सुनेको र भाग्यमा बिश्वास गर्ने बानीले हामीलाई पछाडी पारेको छ। हामी हिन्दु धर्म अनुसार कतै नाग देखीयो भनेर हल्ला सुन्यौ भने फूलपाती बोकेर नाग पुज्न दौडन्छौँ। तर, बाटोमा भेटीएको अशक्त, टुहुरा तथा गरिबमा हाम्रा आँखा ठोकिन्नन्। नागलाई पुज्दा भगवान खुसी हून्छन र ईच्छा आकांक्षा पुरा हुन्छन् भन्ने भ्रमले आँखा अगाडीको सत्यलाई छोपि रहेको हुन्छ। त्यसैले आउनुस भ्रम त्यागौँ र निम्न विषय आफुलाई परिवर्तन गरौँ भन्दै बिजमाण्डूमा बैंकर हरिकृष्ण जोशीले यस्तो लेखेका छन् :

योग्यलाई मात्र सल्लाहकार छान्नुहोस् :

सबै निर्णय मानिस आफैँले गर्न सक्तैन। त्यसैले हामी कसै न कसैको सल्लाह लिने गर्छौँ। चाहे जागीर खान होस् या जागीर परिबर्तन गर्न, अथवा कुनै ब्यवसाय गर्न पर्यो भने हामी सबैभन्दा पहिला आफ्नो नजिकका ब्यक्तिसँग सल्लाह माग्छौँ र त्यस अनुरुप आफ्नो योजना बनाउँछौँ। हामीले यो सोच्दैनौ की त्यो सल्लाह दिने ब्यक्ति यो बिषयमा ज्ञान प्राप्त हो की होईन? के उसलाई त्यो बिषयमा काम गरेको अनुभब छ? के उसले यो बिषयमा कुनै पुरस्कार या प्रशंसा प्राप्त गरेको छ? यदि छैन भने किन हामीले उसलाई सल्लाहाकार बनायौँ ?

वास्तवमा हामी त्यसलाई सल्लाहकार बनाउँछौँ जसले सजिलै सल्लाह दिन्छ, उसको समय पनि सजिलै उपलब्ध हुन्छ, उसँग भेट्न पनि कुनै कठिनाइ हुँदैन। हामी त्यस्तै व्यक्तिलाई सल्लाहकार बनाउँछौँ र अन्ततः आफु असफल हुन्छौँ। महाभारतमा दुर्योधनको सल्लाहकार सकुनी र अर्जुनको सल्लाहकार कृष्ण थिए। यदि दुर्योधनको सल्लाहाकार कृष्ण र अर्जुनको सल्लाहाकर सकुनी भएको भए महाभारतको कथाले अर्को मोड लिन सक्थ्यो। तसर्थ हाम्रो जीवनमा सल्लाहाकार सबैभन्दा महत्वपुर्ण पात्र हो। त्यसैले पनि सल्लाहकार छान्दा बिचार पुर्याउनु पर्छ।

 

आफ्नो पेशालाई ध्यान दिनुहोस अरुका कुरा नसन्नुस् :

कुनै एउटा गाउँका दुई जना व्यक्ती घुम्न निस्केछन्। रातको समयमा डुल्दै जाँदा एउटा ठुलो खाल्डोमा परेछन र दुबै जना जोडले कराउन थालेछन्। लामो समय पछि उनीहरुको आवाज सुनेर गाउँलेहरु आए। त्यतिन्जेलमा दुबै जनाको शरिर रगताम्य भइ सकेको थियो। खाल्डोको भित्ताभरि काँटी रोपीएकोले बाहिर निस्किन खोज्दा घोचेर उनीहरु रगताम्य भएका थिए। गाउँलेहरुले खाल्डोबाट निस्किने उपाय नरहेको भन्दै काँटीले छिया छिया भएर मर्नु भन्दा भित्रै आरामले मृत्यु कुर्न उनीहरुलाई सुझाए। गाउँलेको सुझाव अनुसार एक जना खाल्डोमै बसि रहे पनि अर्कोले प्रयास गर्न छोडेनन्। गाउँलेहरु झनै चर्को स्वरमा कराउन थाले- माथि नआउ, किन रगताम्य भएर मर्छौ? तर, उसले आफ्नो प्रयास त्यागेन।

अन्ततः उ माथि आउन सफल भयो। त्यति धेरै चिच्याउँदा पनि उसले किन प्रयास जारी राख्यो भनेर बुझ्दा उ कान नसुन्दो रहेछ। त्यसैले कसैले भनेको नसुनी कोशिस गरि रह्यो। गाउँलेले भनेको सुन्ने व्यक्ति तलै बस्यो। त्यसैले आफ्नो कर्ममा निरन्तर लाग्नु र अरुको कुरामा नबहकिनु गन्तव्य हासिल गर्ने एक महत्वपुर्ण साधना हो।

 

आफ्ना कुरा प्रस्ट रुपमा राख्नुहोस :

कुनै पनि ठाउँमा आफ्ना कुरा प्रस्ट रुपमा राख्नुहोस ता कि तपाईँको बोली अथवा लेखाईमा दोहोर अर्थ नलागोस्। एउटा कम्पनीका कार्यालय सहयाक र एक जना कर्मचारीलाई एकैठाउँ आवासको ब्यवस्था गरिएको रहेछ। एक दिन बेलुका कार्यालय सहायक मदिरा पिएर आएछ। उक्त कुरा अर्को कर्मचारीले थाहा पाएर अतिथी पुस्तीकामा उल्लेख गरेछ। भोली बिहान कार्यालय सहायकले कर्मचारीलाई अनुरोध गरेछ- ‘सर मैले हिजो मदिरा पिएको साँचो हो। त्यसमा झुठो विवरण राखिदिनुस् भन्दिन तर गएका पाँच बर्षमा मैले हिजो मात्र मदिरा पिएको विवरण पनि उल्लेख गरिदिनुहोस् न।’ कर्मचारीले सहायकको अनुरोध स्विकार गरेनछ। अन्नतः सहायक कर्मचारीलाई हाकिमले दण्ड दिएछ।

केहि दिन पछि कार्यालय सहायकले पनि अतिथि पुस्तीकामा सँगै बस्ने कर्मचारी बारे लेखेछ- ‘हिजो सरले जाँड रक्सी खानुभएन।’ त्यो विवरण देखेपछि भोलीपल्ट कर्मचारीले सहायकलाई भनेछ- ‘हिजोमात्र होइन अहिलेसम्म नै सरले मदिरा पिउनु भएको छैन भनेर लेखिदेउन।’ तर, सहायकले मानेनछ। त्यो विवरण कार्यलय प्रमुखले देखेपछि उक्त कर्मचारीले पनि त्यस दिन बाहेक अरु दिन रक्सी खाँदो रहेछ भन्ने अर्थ लगाइ कारबाही गरेछ। तसर्थ कुरा यथार्थ र साँचो भए पनि दुईवटा अर्थ दिने कुराले नकारात्मक असर पार्न सक्छ। त्यसैले सिधा र प्रष्ट रुपमा आफ्नो भनाइ राख्नु पर्छ।

समय अनुसार परिबर्तन हुनुहोस र आफ्नो वरिपरिका चिजको सदुपयोग गर्नुहोस् :

एउटा जगंलमा बाघ, बाँदर र गधा बस्दा रहेछन। एकदिन गधा चर्दै बाघको नजीक पुगेछ। बाघले गधालाई देखेपछि झम्टिन खोजेछ। बाघको नियत बुझेपछि गधा आत्तिन थालेछ। वरीपरी हेर्दा आफनै एउटा मुकुन्डो देखेछ र त्यो लगाएर जोडले काराउन थालेछ- ‘ए भगवान मैले तिमी सित अहिलेसम्म केही मागेको छैन जे भन्यौ त्यही मानेँ आज एउटा कुरो माग्छु त्यो पुरा गरिदेउ न। यसपछि पनि केही माग्दिन।’

एकछिन बिसाएर फेरि भन्न थालेछ-  ‘हे भगवान मलाई बाघको मासु खान मल लागेको छ, आज जसरी पनि पुर्याइ देउन।’ गधाको भनाइ सुनेर आज यसले मलाई बितायो भन्दै भाग्न थालेछ। बाघलाई गधाले भगाएको देखेपछि रुखमा बसि रहेको बाँदर डाहले जलेछ। र, हतार हतार बाघलाई पछ्याएर भनेछ- ‘तँलाई गधाले मुखर् बनायो, त्यसको कुरा भगवानले कताबाट सुन्नु! खाली बच्नका लागि त्यसो भनेको थियो।’ बाघ रिसाउँदै अबचाहिँ गधालाई खाएरै छोड्छु भनेर रिसाउँदै फर्केछ। बाघ आफुतिर आएको देखेपछि गधा फेरि भन्छ- ‘हे बाँदर तैले मलाई बाघ पक्रेर ल्याउँछु भनेको थिइस्, अहिले पनि भागिस्। हेर अब बाघलाई खाएसी तँलाई पनि बाँकी राख्दिन।’ यो सुनेपछि बाघले सोचेछ- ‘साँच्चै आज गधाले मलाई खाने रहेछ, बाँदर पनि योसँग मिलेको रहेछ।’ त्यसपछि बाघले त्यहाँबाट कुलेलम ठोकेछ र गधाको जीवन बचेछ। त्यसैले उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै समयानुकुल निर्णय लिन सक्षम हुनुपर्छ।

 

भगवान भरोसा भनेर चुप नबस्नुस :

एक चोटी खोलामा ठुलो बाढी आएछ। बाढी गाउँमा पस्न थालेपछि गाउँलेहरु भागरे-भाग भएछन्। तर, एक जना मानीस भागेनछ। गाउँलेले कति अनुरोध गरे पनि ती व्यक्ति त्यहाँबाट जान मानेनन्। बिस्तारै खोलाको बहाब बढ् गयो। एक जना गाउँले त्यो व्यक्तिलाई बचाउन डुङ्गा नै लिएर गए। तर, उसले आउन मानेन। गाउँलेले सरकारलाई खबर गरे। सरकारले उद्धारका लागि हेलिकप्टर पठायो। तर, पनि ति व्यक्ति आउन मानेनन्। उनले जवाफ दिए- ‘म आउँदिन, भगवानले मलाई बचाउनेछन्।’ अन्ततः बाढी बढ्दै गएर उनलाई बगाएछ। त्यसैले भगवान प्रति आश्था राख्नु र भगवानको भर परेर बाँच्न खोज्नु फरक हो। भगवान भरोसा भनेर कर्मै नगरि चुप बस्नु डोकामा गाईको दूध दुहुन खोज्नु जस्तो हुनेछ।

प्रकाशित मिति : २७ असार २०७४ मंगलबार ००:००  १२ : ५५ बजे