१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मेची–महाकाली देखि माछाको दाना लिन भक्तौली !



दिपक अनुरागी, कपिलवस्तु १९ साउन ।
विगत एक बर्ष देखि कपिलवस्तुमा माछाको दाना उद्योग सञ्चालित छ । जिल्लाको वाणगंगा–२ भक्तौलीमा सञ्चालित माछा पुच्छ्रे एग्रो प्रोडक्ट प्रा.ली.ले माछाको लागि पानीमा तैरिने दाना उत्पादन गर्ने गरेको छ । युवाहरुको सक्रियतामा झण्डै सात करोडको लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो ।
व्यवसायिक माछापालन गर्दै आएका किसानले यहाँ उत्पादित दाना लैजाने गरेका छन् । अहिले किसानको माग अनुसार दाना पु¥याउन हम्मे हम्मे परेको उद्योगका सञ्चालक शुसील शर्मा बताउनुहुन्छ । ‘उद्योग सञ्चालनमा ल्याएको एक बर्ष वितेको छ सञ्चालक शर्माले भन्नुभयो’ “किसानलाई माग अनुसार दाना पु¥याउन निकै गाह्रो छ ।”

पुर्वी झापा देखि पश्चिम कञ्चनपुर सम्मका माछा व्यवसायिहरु आफ्नो उद्योगमा दाना लिन आउने गरेको उद्योगले जनाएको छ । नेपालमै पहिलो प्रयास स्वरुप पानीमा तैरिने माछाको दाना उद्योग आफुहरुले सञ्चालन गरेको उद्योगको दाबी छ ।
उद्योगले माछापालक कृषकको लागि सहयोग त गरेकै छ । १५ जना मजदुरले पनि प्रत्यक्ष रोजगारी पाएका छन् । सरकारले कृषिमा लगानि बढाउन थालेको बेला युवा पिढीलाई माछापालन तर्फ आकर्षित गराउन करौडौँको लगानीमा माछाको दाना उद्योग सञ्चालन गरेको सञ्चालक शर्माले बताउनुभयो ।
उद्योग सञ्चालनमा निकै चुनौती पाएको उहाँ बताउनुहुन्छ । विद्युत जडान देखि मेसिनेरी सामग्राीको लागि निकै दुख पायौ उहाले भन्नुभयो, ‘उच्च प्रविधिको प्रयोग गरि माछाको दाना उत्पादन गर्ने गर्दछौ ।’  भारतले नेपाल माथि नाकाबन्दी गरेको बेलैमा उद्योग बन्दै थियो । ५ महिना बढीको हड्तालको विचमा आफुहरुले उद्योग निर्माण गर्दा धेरै खर्च गर्नुपरेको उद्योगका अर्का सञ्चालक विष्णु खत्री बताउनुहुन्छ । माछापालन किसान आफ्नो उद्योगबाट उत्पादित दानाबाट सन्तृष्ट बनेको खत्रीको दाबी छ ।


यो उद्योगमा माछाको दाना तीन प्रकारले उत्पादन गरिएको छ । भुरा माछा देखि बेच्न लायक सम्मका माछाको लागि दाना उत्पादन भैरहेको छ । दाना पानीमा तैरिने भएको कारण अरु दानाको तुलनामा यो दाना बढी कृषक रोजाईमा परेको हो । माछामा खुवाउने दाना पानीमा राख्दा साथ डुब्ने हुदा माछाको लागि तैरिने दाना नै अति उत्तम रहेको उद्योगले जनाएको छ ।
माछाको दानाबाट नेपालमा आत्मनिर्भर बनाउन आफुहरुले प्रयास थालिएको शर्मा जनाउनुहुन्छ । यद्यपि दिनहुँ हुने लोडसेडिङको समस्याले उद्योगमा समस्या देखिएको छ । लाइन पटक पटक गैरहँदा लगातार चलेको उद्योगका मेसिनरी सामग्रीमा असर पुगेको छ । उद्योगमा लगानी गर्न चाहने युवाहरुलाई राज्यले सहयोग गर्नुपर्नेमा सञ्चालक शर्माले जोड दिनुहुन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ३ : १६ बजे