१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तुलसीपुरवासीले यसरी सम्झिए व्यापारी श्रेष्ठलाई



शरद रेग्मी, तुलसीपुर, साउन २४ दाङ ।
तुलसीपुरका प्रतिष्ठित व्यवसायी स्वर्गिय राजकुमार श्रेष्ठलाई तुलसीपुर वासीले फेरी एक पटक सम्झिएका छन् । अपहरण पश्चात हत्या गरिएका यस क्षेत्रका समाजसेवी व्यवसायी श्रेष्ठलाई मङ्गलबार गाईजात्राको अवसरमा फेरी एक पटक श्रेष्ठले समाजमा पु¥याएको योगदान र सामाजिक क्षेत्रमा गरेको लगानीका वारेमा चर्चा गरेका छन् । आम सर्वसाधारण तथा शुभेच्छुकहरु विहानै देखि तुलसीपुरमा आयोजना गरिएको शान्तिपद यात्रामा समेत स्वतस्फूर्त रुपमा सहभागि भएर स्वर्गिय श्रेष्ठलाई सम्झेका छन् ।
नेवार समाज तुलसीपुरको अगुवाईमा निकालिएको शान्ति पदयात्रामा सयौँ नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा यस क्षेत्रका दर्जनौ सामाजिक संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो । मङ्गलवार नै स्वर्र्गिय श्रेष्ठको घरवाट गाईजात्रा समेत निकालिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  ३ : ४४ बजे