काठमाण्डाै ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको हो ।
ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७८ सालमा उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।
पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।
१९ जनामध्ये उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै ओली समूहबाट निर्वाचित हुनुभएको छ ।
पाँच जना उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी हुनुभयो ।
महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गर्दै शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ । यसअघि पनि महासचिव रहेका पोखरेलले १ हजार २२८ मत र पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।
तीन सदस्यीय उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी हुनुभएको छ ।
नौ सदस्य रहेको सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी हुनुभएको छ ।
एमाले महाधिवेशनमा २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि रहेकामा ३६ जना प्रतिनिधिले भोट हालेनन् ।
कसले कति मत ल्याए ?
अध्यक्ष (१)
• केपी शर्मा ओली : १६६३
उपाध्यक्ष (५)
• पृथ्वी सुब्बा गुरुङ : १७३७
• विष्णु प्रसाद पौडेल : १६७५
• रामबहादुर थापा ‘बादल’ : १५१६
• गोकर्ण राज विष्ट : १३६८
• रघुजी पन्त : १२५८
महासचिव (१)
• शंकर पोखरेल : १२२८
उपमहासचिव (३)
• लेखराज भट्ट : १४५२
• रघुवीर महासेठ : १३६८
• योगेश भट्टराई : १३४८
सचिव (९)
• महेश बस्नेत : १५४४
• पद्मा कुमारी अर्याल : १५३०
• छविलाल विश्वकर्मा : १५०६
• शेरधन राई : १५०३
• खगराज अधिकारी : १२३१
• हिक्मत कुमार कार्की : १३३७
• यमलाल कँडेल : ११८५
• राजन भट्टराई : ११८१
• भानुभक्त ढकाल : ११०८







प्रतिक्रिया