३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

फुटबल नेपाली टोली जापान जाँदै, जापानका ५ क्लबसँग खेल्न



काठमाडौं, २७ साउन ।
एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार (आज) जापान जाँदै छ । एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपली टोली दश दिने जापान भ्रमणमा जान लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजो आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : ५६ बजे