१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

एनपिएलः आज लुम्बिनी र विराटनगरबिच प्रतिस्पर्धा हुँदै



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । रासस 

प्रकाशित मिति : १७ मंसिर २०८२ बुधबार ००:००  १० : ४३ बजे