२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

यस्तो रहनेछ आजको मौसम



काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। शनिबार बिहान देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभर आंशिक बदली रहने अनुमान महाशाखाले गरेको छ।

प्रकाशित मिति : २७ मंसिर २०८२ शनिबार ००:००  ९ : ४७ बजे