१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

लेस्टर सिटी इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश



४ असोज ।
लिभरपुललाई हराउँदै लेस्टर सिटी इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई २–० ले हराएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा लेस्टर सिटीले दोस्रो हाफमा दुई गोल र्गयो । ६५ औं मिनेटमा शिन्जी ओकाजाकीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।
७८ औं मिनेटमा सलाम स्लीमानीले गोल गरेपछि लेस्टर २–० ले विजयी भयो । राति नै भएको खेलमा बार्नस्लीलाई १–० ले हराउँदै टोटनह्याम पनि चौथो चरणमा प्रवेश गरेको छ । टोटनह्यामको जितमा ६५ औं मिनेटमा डेल अलीले गरेको गोल निर्णायक बन्यो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  २ : ३७ बजे