१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

कांग्रेसकाे १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म हुने



काठमाडौं ।

नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म पार्टीकाे १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो।

महाधिवेशनका लागि मंसिर २० भित्रै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताकाे काम केन्द्रबाट टुंग्याइने छ। 

यस्तै बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । कार्यसमितिकाे म्याद २३ मंसिरसम्ममा सकिने भएकाले पदावधि थप गरिएकाे प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

प्रकाशित मिति : १५ मंसिर २०८२ सोमबार ००:००  ५ : ५९ बजे