७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सिद्धार्थ राजमार्गः पाल्पा–बुटवल खण्ड आज ६ घण्टा बन्द हुने



पाल्पा, असोज २३ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्ड मर्मतका लागि सोमबार ६ घण्टा बन्द हुँदैछ ।
सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द गरेर बाटो माथिबाट खसेका ढुङ्गा सहितको पहिरो हटाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा ढुङ्गा झर्ने क्रम नरोकिएपछि यात्रुले दुःख पाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ३ : २८ बजे