२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कपिलवस्तुमा १४ लाख बढीको चामल, चिनी र दाल बरामद



कपिलवस्तु ।

कपिलवस्तुका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका १४ लाख रुपैयाँभन्दा बढी मूल्यका चामल, चिनी र दाल प्रहरीले बरामद गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका दुई स्थानबाट १४ लाख १२ हजार रुपैयाँ बराबरका खाद्यान्न बरामद गरेको हो।

प्रहरीका अनुसार कृष्णनगर नगरपालिका–२ बैंक रोडबाट ११ लाख ६० हजार रुपैयाँ बराबरको ३२ क्विन्टल चामल र लु २ च ४९४९ नम्बरको पिकअप गाडी बरामद गरिएको छ।

त्यस्तै, शिवराज नगरपालिका–५ चन्द्रौटास्थित नदिना राइस मिलको गोदामबाट दुई लाख ५२ हजार रुपैयाँ बराबरको २४ क्विन्टल चिनी र पाँच बोरा दाल बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद खाद्यान्न तथा पिकअप गाडीसहित अल्ताफ हुसेन मनियारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३ बुधबार ००:००  २ : ३७ बजे