२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

गौडीचोकमा एक पुरुष मृत फेला



कपिलवस्तु, २७ असोज ।

कपिलवस्तु नगरपालिका–१ स्थित गौडीचोकमा ४२ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

बुधबार दिउँसो साढे १२ बजेतिर कपिलमान बज्राचार्यको काजु होटलको किनारमा रहेको खाली जग्गामा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

मृतकको पहिचान तथा मृत्युको कारणबारे थप विवरण प्राप्त हुन बाँकी छ।

प्रकाशित मिति : २८ आश्विन २०८३ बुधबार ००:००  २ : ३३ बजे