कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ नौडिहवास्थित दुर्गा मन्दिरबाट चोरी भएका ३५ थान पित्तलका घण्टीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत असोज २६ गते मन्दिरबाट घण्टी चोरी भएको घटनाबारे अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न रहेको आरोपमा शुद्धोधन गाउँपालिका–१ बकुलीका १८ वर्षीय इबरार अहमद मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा चोरी गरिएका घण्टी शुद्धोधन गाउँपालिका–३ लबनी चोकस्थित ऋषि भाँडा पसलमा बिक्री गरेको खुलेको थियो । त्यसपछि पसल सञ्चालक ४१ वर्षीय दिनेश कुमार कान्दुलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले पसलबाट चोरीका ३५ थान पित्तलका घण्टी बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया