१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

प्रदेश स्तरीय टि–ट्वान्टी च्याम्पियनयसिप आज फाईनलमा लुम्बिनी र प्रोफेसनल क्रिकेट क्लव भिड्दै



पाल्पा, असोज २३ ।
पाल्पामा जारी प्रदेश स्तरीय टि–ट्वान्टी च्याम्पियनय क्रिकेट प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लब कपिलबस्तु र प्रोफेसनल क्रिकेट क्लब पाल्पा फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको सेमिफाइनलको पहिलो खेलमा लुम्बिनी क्रिकेट क्लब कपिलबस्तुले मिसन क्रिकेट क्लब पाल्पालाई ४ विकेटले पराजित गरेको हो । प्रोफेसनल क्रिकेट क्लब पाल्पाले बुटवल युथ क्लव रुपन्देहीलाई ७ विकेटले पराजित र्गयो ।
प्रतियोगिताको फाइलन सोमबार बिहान ११ बजे हुनेछ । विजेताले ६० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ३ : ३३ बजे