१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गुल्मी माओवादीका उम्मेदवार



गुल्मी २५ असोज ।माओवादी केन्द्र गुल्मीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेदरवार छनौट गरेको छ ।  पार्टीको ५ नम्वर प्रदेश कार्यालयले उम्मेदवार टुंगो लगाएर गुल्मी जिल्ला पार्टी कार्यालयलाई पठाएको जिल्ला संयोजक विरबहादुर कार्की (चाहल)ले जानकारी दिए ।क्षेत्र नतोकिए पनि प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य बुद्धिबहादुर जिसीलाई प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा समानुपातिक उम्मेदवारमा सिर्जना तरामु र जिल्ला संयोजक विरबहादुर कार्कीलाई सिफारिस गरिएको छ ।प्रदेशसभा क्षेत्र नम्बर नम्वर १ मा प्रत्यक्षतर्फ पूर्व सांसद तथा पोलिटव्युरो सदस्य सुदर्शन बराल सिफारिसमा परेका छन् । यसैगरी समानुपातिक सदस्य उमेदवारहरुमा चित्रबहादुर केसी, सुमित्रा क्षेत्री, तेजेन्द्र सलामी मगर र दुर्गाप्रसाद ढकाललाई प्रस्ताव गरिएको छ ।प्रदेश सभा क्षेत्र नम्बर २ को प्रत्यक्ष तर्फ क्रमशः लोकनाथ पाण्डे र रामचन्द्र कँडेल प्रदेश सभा सदस्यको उमेदवारमा छनोट भएका छन् ।प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः गीता थापा, शेरबहादुर सर्तुङ्गे, मनिराम ज्ञवाली र सुनिता ठडराई रहेका छन् ।प्रदेशसभा क्षेत्र नम्बर ३ मा प्रत्यक्ष तर्फ खुमबहादुर थापा र भुवन केसी छनोट भएका छन् । त्यस प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः राधिका खरेल, भुवन सुनार, धर्म बिक र तिलक महत परेका छन् ।प्रदेशसभा क्षेत्र नम्बर ४ मा प्रत्यक्ष तर्फ पार्टीका जिल्ला ईञ्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थी र केन्द्रीय सदस्य रिज्जु श्रेष्ठ छनोट भएका छन् । सो प्रदेशको समानुपातिक सदस्यको उमेदवार क्रमशः निमबहादुर पाण्डे, उषा बुढामगर, विनिता पोखरेल र सुर्य बुढा मगर छनोट भएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : ३३ बजे