१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दाङका अटोव्यवसायीले मनपरीगर्न थालेपछि !



शरद रेग्मी तुलसीपुर, २५ असोज ।
नजिकको यातायातकालागी सहज विकल्पका रुपमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका अटोव्यवसायीहरुले पछिल्लो समयमा सार्वजनिक यातायातमा असहजता ल्याउनथालेपछि त्यसलाइ व्यवस्थीत गर्न सामुहिक पहल थालिएको छ । अटेरी गर्ने अटोव्यवसायीलाइ कारवाहि गर्ने चेतावनी समेत दिइएको छ ।
नागरीकहरुले अटोव्यवसायीहरुले प्रदान गर्ने सेवामा आफुखुसी भाडा लिने र क्षमताभन्दा बढि यात्रु बोकेर सार्वजनिक यातायात सेवा असहज बनाउन थालेको सर्वत्र गुनासो गरेपछि सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरको आयोजनामा बुधवार स्थानिय तहका निर्वाचित जनप्रतिनिधि, अटोव्यवसायी तथा सरोकारवाला नागरीक समुदायको सामुहिक पहलमा यो पहल थालिएको हो ।
बजारमा यात्रुहरुको माग भन्दा पनि अत्यधिक बढि अटोहरु आएपछि पछिल्लो समयमा अटो व्यवसायीहरुको सार्वजनिक यातायात सेवा लगामविहिन भएको छ । यसलाइ नियन्त्रण गर्ने निकायको निगमनकारी निकायको नियमित अनुगमनको अभावमा नगरपालिकाले तोकेको भाडा समेत कार्यन्वयनमा आउन सकेको छैन ।
यस्तै अवस्थालाइ मध्यनजरगरी बुधवार भएको सार्वजनिक छलफल कार्यममा भाडादरमा एकरुपता ल्याउने निर्णय भएको छ । सो निर्णयमा क्षमताभन्दा बढि यात्रुहरु नबोक्ने, तोकिएको भाडादरमा सन्चालित हुनुपर्ने, हर्न निषेध अभियानलाइ पुर्णरुपमा कार्यान्वयनमा ल्याउने, रुट इजाजत अनुसार सन्चालन हुनुपर्ने र एकजना यात्रु भएपनि गन्तव्यस्थानमा पु¥याउनुपर्ने लगायतका निर्णय भएको सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सचिव शरद रेग्मीले जानकारी दिए । तुलसीपुर क्षेत्रमा करीव चार सयको हाराहारीमा अटो र ईरिक्सा सन्चालनमा आएपनि करीव दुइ सय मात्रै अटोरिक्सा दर्ता भएर सन्चालनमा आएका छन् । सेवा केन्द्रकि अध्यक्ष नारायणि रजौरेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंवर ५ का अध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका निमित्त प्रमुख निम वहादुर वली, यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख यम वहादुर बुढामगर, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र अर्याल, शशस्त्र प्रहरीवेस चुलसीपुरका प्रमुख जगदिश जोसी, तुलसीपुर उपमहानगरपालिकाका समाजकल्याण अधिकृत टोप वहादुर डांगी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारी, राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समितिका प्रशासनिक सहसचिव शिवहरी गौतम, ट्राफिक प्रहरी कार्यालयका विवेक महरा, अटो प्रालिका अध्यक्ष चन्द्रलाल चौधरी, अटो इलेक्ट्रिक रिक्सा सर्भिस यातायात प्रालिका अध्यक्ष भोजराज पन्थी, अटो व्यवसायीका महासचिव पदम चन्द, दिगम्वरसिंह भण्डारी, अमर बुढा, ज्येष्ठ नागरीक खुमानन्द अधिकारी, बशन्त कुमार खड्गी लगायतले अटो व्यवसायलाइ यात्रुमैत्री बनाउन सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : २६ बजे