१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जिल्ला स्तरिय नक आउट पुरुष भलिवल प्रतियोगिता आयोजना



अबिनाश बेल्बासे, कपिलबस्तु, २७ असोज ।
कपिलबस्तुमा संस्थागत विद्यालय जिल्ला स्तरिय नक आउट पुरुष भलिवल प्रतियोगिता २०७४ सञ्चालन गरिएको छ । बाणगंगा नगरपालिका ४ गजेहडा स्थित बालज्योति अङ्ग्रेजी आबासीय मा.विले प्रतियोगिताको आयोजनामा गरेको हो ।

भलिवल खेललाई प्रबद्धन गर्नुका साथै बिद्यालय स्तरबाट नै उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बालज्योति अङ्ग्रेजी आबासीय मा. वि. का प्रिन्सिपल सर्बेन्द्रदेब खनालको भनाई छ ।

प्रतियोगितामा जिल्ला भित्रका ८ वटा टिमले भाग लिएका छन । बिहिबार प्रथम चरण अन्र्तगतका ४ वटा खेल सम्पन्न भएका छन । शुक्रबार फाईनल खेल हुने आयोजकले बताएको छ ।

बिहिबार भएका ४ खेल मध्ये पहिलो खेलमा ज्ञानपुञ्ज सेमि फाईनलमा प्रबेश गरेको थियो । तर बिहिबार नै सम्पन्न चौथो खेलमा सेमि फाईनलमा बालज्योति ए सँग पराजित हुदा ज्ञानपुञ्ज प्रतियोगिताबाट बाहीरीएको छ ।

त्यसैगरी दोस्रो खेलमा एभरग्रिन बरहवालाई हराउदै बालज्योति ए, तेस्रो खेलमा चिल्ड्रेन प्याराडाईज लाई हराउदै बालज्योति बी पनि सेमि फाईनलमा प्रबेश गरेका छन ।

शुक्रबार बिहान होराईजन मा बि सिद्धिपुर र ज्ञान ज्योति कपिलबस्तु बिच क्वाटर फाईनल खेल हुने छ । शुक्रबारनै फाईनल अन्र्तगतका खेल हुने भएकाले सोहि दिननै खेलको समापन हुने आयोजकले बताएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. १० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, द्धितिय पुरस्कार नगद रु. ७ हजार ट्रफी, मेडल, प्रमाणपत्र, तृतीय पुरस्कार नगद रु. ५ हजारका साथै ट्रफी, मेडल, प्रमाणपत्र, र प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार नगद रु ३ हजारका साथै ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरि खेलमा वेस्ट प्लेयर, वेस्ट डिफेन्डर र वेस्ट स्ट्राईकरले पनि पुरस्कार प्राप्त गर्नेछन ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख मङ्गल प्रसाद चौधरीको प्रमुख आतिथ्यता, जिल्ला भलिबल संघका अध्यक्ष कुम्भ गाहाको बिशिष्ठ आतिथ्यता, गजेहडा प्रहरी बिट प्रमुख दिपेन्द्र क्षेत्रि, ज्ञान पुञ्ज मा.विका शिक्षक महेश पन्थि, हुम बहादुर थापा, चिल्ड्रेन प्याराडाईजका शिक्षक बिश्नु तिवारी लगायतको आतिथ्यता रहेको प्रतियोगिताको सञ्चालन शिक्षक नवराज घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  २ : ०५ बजे