१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लोक संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय सम्मेलन



नवलपरासी, २८ असोज ।
नेपालमा लोक संस्कृतिको जगेर्ना गर्नका लागि नवलपरासीमा लोक वार्ता परिषद् नेपालको आयोजनामा राष्ट्रिय सम्मेलन गरिएको छ ।

पवित्र धार्मिकस्थल त्रिवेणी धाममा शुक्रबार सम्पन्न भएको सो सम्मेलनमा विभिन्न लोक संस्कृतिसँग सम्बन्धित १६ वटा कार्यपत्र प्रस्तृत गरिएको थियो । विभिन्न धार्मिक तथा पर्यटकीयस्थल र लोक संस्कृतिसँग सम्बन्धित स्थानको अवलोकन गरी कार्यपत्रमा प्रस्तृत गरिएको हो ।

सम्मेलनमा संस्कृतिसम्बन्धी कार्यपत्र दिव्यशामेरी जोशी, भोजपुरी भाषा र संस्कृतिसम्बन्धी कार्यपत्र सत्यदेव पाण्डे र लोक गीतको बिम्बको प्रयोग बारेको कार्यपत्र संगीता पौडेलले प्रस्तुत गर्नुभएको थियो । कपिलवस्तु रूपन्देही र नवलपरासी सत्र त्रिवेणी धाममा नवलपरासी सप्ताह सञ्चालन भएको हो । (रासस)

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  २ : ५६ बजे