१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लाईसेन्स कार्यालय बुटबलमा सास्ती



लक्ष्मण पोखरेल, बुटवल, २८ असोज ।
यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र (लाइसेन्स) कार्यालय बुटवलमा सेवाग्राहीले सास्ती बेहोरेका छन ।
कार्यालयले सधै कर्मचारीको अभाव देखाउँदै आएको भएपनि कर्मचारी थपका लागि तदरुपता नदेखाउँदा सेवाग्राही त्यसको मारमा परेका छन । लाइसेन्स बनाउन तथा नविकरणका लागि आएका सेवाग्राहीले लामो समय लाइनमा बस्दा समेत सेवा पाउन सकेका छैनन् ।
सर्भर विग्रेर सास्ती पाएका सेवाग्राहीले लाइसेन्सको आवेदन ढिलोगरी खुलाउदा समेत सास्ती पाएका छन् । मध्यरातदेखि नै लाइनमा बसेकाले समेत सेवा नपाए पछि आक्रोश व्यक्त गरेका छन् ।
कार्यालयले भने सेवा कर्मचारी अभाव भएकाले सेवा दिन नसकिएको बताउदै आएको छ । विभागमा कर्मचारी परिपुर्तिका लागि बारम्बार अनुरोध गरेपनि सुनुवाई नभएको बताउदै कार्यालयका कार्यालय प्रमुख बेदप्रसाद अर्यालले सेवा दिन नसकिएको बताउनुभयो ।
लाईसेन्स वितरणका लागि मात्र खुलेको कार्यालयले बर्षमा २ पटक मात्र आवेदन खुल्दा सेवाग्राहीको भिड अत्याधिक हुने गरेको छ । लामो समय पछि लाईसेन्सका लागि आवेदन खुल्ला हुँदा स्कुटरका लागि एकै दिन ४ हजार बढि टोकन वितरण कार्यालयले गरेको छ ।
अटोरिक्सा, स्कुटर र टेक्टरको आबेदन फारम भर्न यातायात कार्यालय अगाडी बिहानै तीन बजेदेखि सैयौंको संख्यामा सेवाग्राही उपस्थित भएका थिए ।
बुधवार अटोरिक्साका लागि २५ सय, बिहिबार स्कुटरको आबेदन भरेका झण्डै ४ हजार जनालाई टोकन वितरण गरिएको छ त्यस्तै शुक्रबार २ सय जनाले ट्याक्टरको आवेदन दिएका छन ।
टोकन लिएका सेवाग्राहीहरुको दैनिक २ सयका दरले दर्ता गरिने कार्यालयले जनाएको छ । २५ जना दरबन्दी रहेको कार्यालयमा १२ जना मात्र कर्मचारी भएका कारण काममा कठिनाई भएको कार्यालय प्रमुख अर्यालको भनाई छ ।

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : ०९ बजे