१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आयोजक बालज्योतीले जित्यो उपाधि



मायादेवी अनलाइन, कपिलवस्तु, २८ असोज ।
कपिलवस्तु मै नीजि विद्यालबाट ठुलो धनराशीको पुरस्कार रहेको जिल्ला स्तरिय नक आउट पुरुष भलिवल प्रतियोगिताको उपाधि बालज्योति ए ले जितेको छ । उपाधि जिते संगै बालज्योति ए ले नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगीतामा होराईजन मा. वि. सिद्धिपुर दृतिय हुदै नगद ७ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । यसैगरी बालज्योति बी तृतीय हुदै नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । भने प्रतियोगीतामा ज्ञानपुन्ज मा. विले प्रोत्साहन स्वरुप नगद ३ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ ।

विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि चक्रपाणि अर्यालले पुरस्कार वितरण गर्नुभएको थियो ।
त्यसैगरि खेलमा वेस्ट डिफेन्डर, वेस्ट स्ट्राईकर, वेस्ट सेटर, वेस्ट डिस्पिलिन, र वेस्ट प्लेयर लाईे पनि पुरस्कृत गरिएको छ ।

कपिलवस्तुको वाणगंगा ४ गजेहडामा अवस्थित बालज्योती इङ्ग्लिस बोडिङ स्कुलले जिल्ला स्तरिय संस्थागत विद्यालय सम्मिलित भलिवल प्रतियोगीता आयोजना गरेको थियो । यस क्षेत्रका ८ वटा विद्यालय सहभागी रहेको उक्त प्रतियोगीता बिहिबार देखि शुरु भई शुक्रबार सकिएको हो ।
भलिवल खेललाई प्रबद्धन गर्नुका साथै विद्यालय स्तरबाट नै उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रतियोगीता आयोजक विद्यालय बालज्योति अङ्ग्रेजी आबासीय मा. वि का प्रिन्सिपल सर्बेन्द्रदेब खनालले बताउनुभयो ।

खेल समापन समारोहमा जिल्ला भलिबल संघका अध्यक्ष कुम्भ गाहा, बिद्यालय निरिक्षक खिम बहादुर जि. सि, रेश्मिराज अर्याल, नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछ्छाई, मानब अधिकार एलायन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

बालज्योति मा वि का शिक्षक एवं उक्त प्रतियोगिताका संयोजक दिप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बिद्यालयका प्रिन्सिपल सर्बेन्द्रदेब खनाल र शिक्षक नवराज घिमिरेले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : १३ बजे