१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एवाईसी रिनिङ्ग शिल्ड भुमिका स्थानलाई



अर्जुन भुसाल, अर्घाखाँची २९ असोज ।
अर्घाखाँची युवा परिषद्को आयोजनामा सन्धिखर्कको टुडिखेलमा भएको अन्तरपालिका स्तरिय एवाइसी रिनिङ्गशिल्ड भलिवल प्रतियोगिताको उपाधि भुमिकास्थान नगरपालिकाले हात पारेको छ । सितगंगा नगरपालिकालाई ३– ० को साझो सेटमा परिाजित गर्दै भुमिकास्थानले उपाधि चुमेको हो । पाणिनि गाउँपालिका तेस्रो बनेको छ । प्रतियोगिताको उपाधि हात पार्ने भुमिकास्थान नगरपालिकाले ५० हजार रुपैयाँ हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको सितगंगाले ३० हजार रुपैयाँ र तेस्रो बनेको पाणिनिले २० हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा लगातार तीन पटक विजयी हुने टिमले एक लाख नगद र शिल्ड कब्जा गर्ने छ । खेलमा भुमिकास्थानका हरि आले उत्कृष्ट खेलाडी र पाणिनि गाउँपालिकाका भानुप्रताप गौतम अनुशासित खेलाडीको रुपमा छनोट भए । जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल, उपप्रमुख ऋषि पुलामी, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले खेलाडीहरुलाई पुरस्कार वितरण गरे । पुरस्कार वितरण समारोहमा बोल्दै समन्वय समितिका प्रमुख शर्माले बेलाबेलामा स्थानीय स्तरमा हुने खेलले खेलाडीको क्षमता वृद्धि गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पु¥याउने बताए । परिषद्का अध्यक्ष कृष्णप्रसाद भुसालले खेलकुदको विकासका लागि परिषद्ले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  ६ : १९ बजे