८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रोल्पामा घरेलु हिंसाका घटना घटे



रोल्पा, २९ असोज ।
रोल्पामा घरेलु हिंसा र सामाजिक हिंसाका घटना कमी हुँदै गएकोे छ । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२÷०७३ मा हिंसापीडितको दर्ता संख्या ११२ पुगेकामा आव ०७३÷०७४मा ८८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७१÷०७२ मा घरेलु हिंसाका ८९ वटा उजुरी दर्ता भएको थियो । दर्ता भएका उजुरीमध्ये अधिकांश मिलापत्र गरी टुंग्याइने गरेको बताइएको छ ।
लंैगिक तथा सामाजिक हिंसाविरुद्ध जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी युनिट तथा लैंगिक हिंसाविरुद्धको जिल्लास्तरीय सञ्जालले समेत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका कारण पछिल्ला दिनमा हिंसा कमी आएको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताउनुभयो । रासस

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  ७ : १७ बजे