१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्राधिकरणद्धारा बैकल्पिक मार्गको अध्ययन सुरु



रुपन्देही, ३० असोज ।
नेपाल विद्युत् प्राधिकरणले बुटवल–मैनहिया १३२ केभिए प्रसारण लाइन विस्तारका लागि वैकल्पिक मार्गको अध्ययन थालेको छ । प्राधिकरणले सिद्धार्थ राजमार्ग क्षेत्रलाई रोजे पनि सडक विभागले स्वीकृति नदिएपछि विकल्पको रुपमा तिनाउ नदी किनारबाट लैजानका लागि अध्ययन थालिएको छ ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाउन बुटवल–मैनहिया १३२ केभी प्रसारण लाइन विस्तार गर्न लागेको हो । प्राधिकरणले सडक क्षेत्रबाट प्रसारण लाइन बनाउन सडक विभागले स्वीकृति नदिएपछि तिनाउ नदी आसपासको क्षेत्रबाट अघि बढाउने गरी नया विकल्प अघि सारेको छ ।

प्राधिकरणले १३२ केभिएका लागि मैनहियामा सव स्टेसन बनाइरहेको छ । त्यही सवस्टेसनसम्म लैजाने प्रसारण लाइनको बाटो निश्चित हुन नसकेपछि आयोजनाको काम एक वर्ष पछाडि धकेलिएको बुटवल–लुम्बिनी १३२ केभी प्रसारण आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

आयोजनाले प्राधिकरण केन्द्रीय कार्यालयमा इस्टिमेट पठाइसकेको र स्वीकृत भइसकेपछि थप प्रक्रिया अगाडि बढाउने उहाले बताउनुभयो ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  १ : ४० बजे