१९ आश्विन २०७९, बुधबार | Thu Oct 6 2022

करेन्ट लागेर एकको ज्यान गयो



दाङ, ३० असोज ।
करेन्ट लागेर दाङमा एकजनाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।
करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । योसँगै दाङमा छ महिनाको अवधिमा करेन्ट लागेर सातजनाले ज्यान गुमाएका छन् ।
गएको वैशाखदेखि असोज २९ गतेसम्म सातजनाको ज्यान गएको जिप्रकाले जनाएको छ । (रासस)

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  ६ : १८ बजे