११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

टिपिएल क्रिकेट सेमिफाइनल समिकरण पूरा



लक्ष्मण पोेखरेल, बुटवल, १ कार्तिक ।
रुपन्देहींमा जारी तिलोत्तमा प्रिमियर लिग टि–२० प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।
समुह ए बाट नेपाल अम्बुजा एनएससीए टाईगर्स र ज्ञानोदय गोल्ड विजेता र उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन । मंगलबार भएको लिगको अन्तिम खेलमा आयोजक नुसी वरिर्यसलाई ८ विकेटको पराजित गर्दै नेपाल अम्बुजा समुह ए बाट अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
समुह बि बाट बुम रकर्स र फोर नेश्नल यसअघि नै सेमिफाईनलमा स्थान पक्का गरेका छन । तिलोत्तमा नगरपालिकाको नवजीवन खेलमैदानमा भएको खेलमा नेपाल अम्बुजा एनएससीए टाईगर्सले टस जितेर ब्याटिङ्ग रोज्दै १८.२ ओभरमा पुरै विकेट गुमाएर केवल १ सय रनको योगफल तयार गरेको थियो ।
बुधबार हुने सेमीफाईनलमा समुह ए को विजेता नेपाल अम्बुजा एनएससीए टाईगर्सले समुह बि को उपविजेता फोर नेशन्स स्ट्राईकर्ससंग तथा समुह ए को उपविजेता ज्ञानोदय गोल्डले समुह बि को विजेता बुम रकर्ससंग प्रतिस्प्रर्धा गर्ने छ ।
बिजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउने प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते हुनेछ । प्रतियोगितामा आठ टिमको सहभागिता रहको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  १ : ३८ बजे