२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

दसगजा फोहोर फाल्ने डम्पिङ साइट, जिम्मेवारी निकाय ‘मुखदर्शक’



मायादेवी अनलाइन, कृष्णनगर, २८ पुस ।
नेपाल–भारतको सीमानामा पर्ने दसगजा क्षेत्र फोहोर फाल्ने डम्पिङ साइट बन्दै आएको छ । कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमा क्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट बन्दै आएको हो । दुवै देशको सीमामा रहेको दसगजा खुल्ला भएपछि यहाँका व्यवसायीले सोही क्षेत्रलाई डम्पिङ साइट बनाउँदै आएका छन । यसले गर्दा दुवै देशका नागरिक फोहोरबाट निस्कने दुर्गन्धले प्रभावित बन्दै आएका छन भने फोहोरको डम्पिङले गर्दा बजार नै प्रदुषित बनेको छ ।
यहाँका नागरिकले फोहोरलाई पचाउने गरेपनि तेस्रो मलुक हुँदै नेपाल आउने र भारत जाने पर्यटकलाई भने नकरात्मक असर पारेको कृष्णनगर नगर विकास समितिका अध्यक्ष कृष्ण कुमार गुप्ता बताउँनुहुन्छ । दसगजामा फोहोर फाल्ने काम दुवै देशका नागरिकबाट हँुदै आएको गुप्ताको आरोप छ । ‘फोहोर फाल्ने पहलपदमी कतैबाट हुन सकेको छैन्, उहाँले भन्नुभयो; यसमा दुवै देशका सरकारी निकायको चासो कम छ ।’
फोहोर व्यवस्थापनमा भारतीय पक्षले पनि चासो देखाउने गरेको छैन् । नेपाली पक्षबाट पटक पटक फोहोर फाल्ने कोशिस गरेपनि भारतीय पक्षले चासो नदेखाउँदा फोहोर व्यवस्थापन गर्न नसकिएको स्थानीय समाजसेवीहरु बताउँछन । दुई देशको सीमा निकै मनमोहक देखिनुपर्ने हो कृष्णनगरबासी सीताराम गुप्ताले भन्नुभयो, “तर दुखको कुरा दशगजा जस्तो सार्वजनिक स्थल फोहोरको डम्पिङ साइट बनेको छ ।”
बार्षिक अरवौं राजश्व संकलन हुने यस सीमा क्षेत्रबाट दैनिक सयौ सवारीसाधन र दैनिक हजारौ नागरिक नेपाल भारत आवातजावत गर्दै आएका छन । भारतको नयाँ दिल्ली पुग्न यहि नाकाबाट नजिक पर्ने भएको कारण दाङ, रोल्पा, प्युठान, रुकुम, अर्घाखाँची, गुल्मी सम्मका नागरिक रोजगारीका लागि यहि नाकाको प्रयोग गरि भारत जाने गरेका छन । बुद्धस्थलको भ्रमणमा नेपाल आउने कतिपय पर्यटकले यहि नाकाको प्रयोग गर्दै आएका छन । तर कृष्णनगर बजार क्षेत्रमा रहेको धुँलो र फोहोरको दुर्गन्धले गर्दा मानिसको स्वास्थ्यमा गम्भिर असर पुग्दै आएको छ । दुवै देशको लापबार्हीले गर्दा बजारकै गरिमालाई धमिल्याउने काम गरेको मानवअधिकारकर्मी लक्ष्मण भुसाल बताउँनुहुन्छ । फोहोरकै कारण यहाँका सर्वसाधारणलाई बेलाबेला, झडापखाला, हैजाको माहामारी हुने गरेको मानवअधिकारकर्मी भुसालले बताउनुभयो । फोहोर व्यवस्थापन गर्न जिम्मेवार निकायबाट पटक पटक आग्रह गरेपनि दुवै देशका सरकारी अधिकारी चुपचाप बस्ने गरेको उहाँले जनाउनुभयो ।
सीमा क्षेत्रको बजार भएको कारण दैनिक सयौँ मेट्रिक टन फोहोर संकलन हुने गर्दछ । तर फोहोर व्यवस्थापन गर्ने योजना अझै बनिसकेको छैन । कृष्णनगर बजार भित्रको फोहोर व्यवस्थापन लागि कृष्णनगर नरगपालिकाले डम्पिङ साइट अझै बनाइसकेको छैन । कृष्णनगर नगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने गरेको प्रति सरोकारवालाले बेला बेला कुरा उठाउँदै आएका छन ।
उता भारतीय पक्षले नेपालमाथि जति सक्यो त्यति हेपाई प्रबृद्धि गर्ने गरेको पाइन्छ । फोहोर व्यवस्थापनमा भारतीय पक्षले कुनै कदम नचालेको नेपाल स्थित सरकारी अधिकारीको आरोप छ । यद्यपि नेपालका सरकारी निकायले पनि फोहोर व्यवस्थापन गरि त्यसको जस लिएको दैखिदैन । कृष्णनगर बजार भित्र कृष्णनगर भन्सार, आन्तरिक राजश्व कार्यालय, कृष्णनगर नगरपालिका, कृषि बिकास बैङ्क, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका सरकारी निकाय छन । तर उनिहरुबाट पनि कुनै जनचेतनाका कार्यक्रम हुन सकेको छैन । नागरिक स्तरबाट बजार सफासुग्गर राख्नु पर्छ भन्ने चेतना नभएको कारण कृष्णनगर फोहोरी बजारमा कहलिन थालेको नागरिक अगुवा गोपाल प्यार चण्डेलले बताउनुभयो ।

प्रकाशित मिति : २८ पुस २०७४ शुक्रबार ००:००  २ : ५४ बजे