५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिएड तेस्रो बर्षका बिद्यार्थीहरुद्धारा कबडी प्रतियोगिता



बिकास थापा, गजेहडा ।
सिद्धार्थ क्याम्पस बुङचीमा अध्ययन गर्ने बिएड तेस्रो बर्षका स्वास्थ्य शारीरिक शिक्षाका बिद्यार्थीहरुले प्रोजेक्ट सिट कार्यक्रम अन्तगर्त आज कबड्डी तथा शटफुट कार्यक्रम सम्पन्न गरेका छन । जस अन्तर्गत कबडडी प्रतियोगितमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुको समुह प्रथम र कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुको समुहले द्धितीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
त्यसैगरि छेलो फ्याक्ने प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत छात्र निशान बुढाथोकी प्रथम, मनिस रेग्मी द्धितीय र कक्षा १२ मा अध्ययनरत छात्र अनिस काउचा तृतीय भएका छन ।
क्याम्पसका दिपक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवालीको प्रमुख आतिथ्यता, बिभागिय प्रमुख राजकुमार अर्याललको बिशिष्ट आतिथ्यता, बिषय शिक्षक रामप्रसाद गिरीको आतिथ्यता र अमृत बि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७४ बुधबार ००:००  ४ : ३० बजे