५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मदन भण्डारी गोल्डकपको फाइनल आज, थ्री स्टार र मनाङ भिड्दै



मायादेवी अनलाइन, रुपन्देही ।
तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि थ्री स्टार र मनाङ मस्र्याङ्दी भिड्दै छन् । आयोजक मदन भण्डारी स्पोर्ट्स ऐकेडेमीलाई हराउँदै थ्री स्टार र सुनौली संगम बुटवललाई हराउँदै मनाङ मर्स्याङ्दी खेलको फाइनलमा प्रवेश गरेका थिए ।

खेल दिउँसो २ बजेपछि रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने आयोजकले बताएको छ । तर फाइनल खेल १ दिनको ग्याप हुनुपर्ने फिफाको नियम भएकाले यो फाइनल खेल नियम विपरित भएको भन्दै थ्री स्टारका प्रशिक्षक मेघराज केसी ले असन्तुष्टि जनाउनु भएको छ ।

शुक्रबार पूर्व निर्धारीत खेल हावा हुरीका कारण स्थगित भएपछि आइतबार सेमिफाइनल खेल भएको थियो । खेलको बिजेताले उपाधिसहित नगद १५ लाख र उपबिजेताले नगद ७ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनमा पुग्ने २ टिमलाई ५० – ५० हजार नगद प्रदान गरिने छ ।

प्रकाशित मिति : १९ चैत्र २०७४ सोमबार ००:००  ४ : ०७ बजे