५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लुम्बिनी लायन्सलाई तेस्रो नेपाल मारबाडी टि–२० क्रिकेटको उपाधि



भुवन पाण्डे, भैरहवा ।
लुम्बिनी लायन्स भैरहवाले तेस्रो नेपाल मारबाडी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । विराटनगर च्यालेन्जर्शलाई १० विकेटले पराजित गर्दै भैरहवाले उपाधि जितेको हो । जितसँगै उसले नगद ७५ हजार रुपैयाँ र ट्रफी हात पार्यो । उपविजेता जनकपुरले ३५ हजार रुपैयाँ र ट्रफी पाएको छ

काठमाडौंको कीर्तिपुरस्थित रंगशालामा जितका लागि जनकपुरबाट पाएको ९८ रनको लक्ष्य भैरहवाले विना क्षति ९.१ ओभरमा पुरा गर्यो ।

यसैबीच विजिय भएर भैरहवा आएको टिमलाई नेपाल मारबाडी युवा संगठनले गौतमबुद्ध विमानस्थलमा भव्य स्वागत गरेको छ ।

राष्ट्रिय खेलमा भैरहवा र यस क्षेत्रको प्रतिनिधित्व गर्दै विजयी भएको भन्दै उनीहरुलाई स्वागत गरिएको संगठनका सदस्य रवि पारिखले बताउनुभयो । स्वागत पश्चात् खेलाडीहरुलाई भैरहवा बजार परिक्रमा गराइएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७४ सोमबार ००:००  ४ : ०७ बजे