५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मदन भण्डारी गोल्डकप : थ्रिस्टारले उचाल्यो उपाधि



लक्ष्मण पोखरेल, बुटवल ।
सर्वाधिक धनराशिको मदन भण्डारी गोल्डकपको उपाधी थ्रिस्टार क्लवले चुमेको छ । चर्चित मनाङ्ग मस्याङदी क्लब काण्ठमाडौंलाई २—१ गोल अन्तरले हराउँदै थ्रि स्टारले उपाधि कब्जा गरेको हो । थ्रिस्टारले १५ लाख नगद सहित कप मेडल प्राप्त गरेको छ । मनाङले भने ७ लाख ५० हजार नगद र कपल मेडलमा चित्त बुझायो ।
खेलको २ मिनेटमा मनाङका बिशाल रानाले गोल गरे । दोस्रो हाफमा रुस्लान थ्रिस्टारका अनन्त तामाङले गोल गरेर बराबारी पु¥याए । सुनिल बलको पासमा तामाङले ६९ औं मिनेटमा गोल गरेका हुन । दोस्रो हाफमा दुवै टिम निकै आक्रामक रुपमा खेलमैदानमा उत्रेका थिए । मार्टिनले खेलको ८२ औं मिनेटमा एक गोल गरेर थ्रीस्टार खेललाई अग्रता दिलाए । खेलमा ७ औं मिनेटमा मनाङका सुजन श्रेष्ठले पहिलो पहेलो कार्ड पाए । १९ औं मिनेटमा थ्रिस्टारका विजय धिमाल, ३६ औं मिनेटमा थ्रिस्टारकै विजय चेम्जोङ्ग, ४५ औं मिनेटमा मनाङ्गका डोना थापाले पहेलो कार्ड पाए ।
त्यसपछि लगातार खेलमा थ्रिस्टारका विमल घर्तीमगर, पिटर र मनाङ्गका सुजल श्रेष्ठले पहेलो कार्ड पाए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मनाङ्ग मस्र्याङदीका अन्जन विष्टले नगद ५० हजार सहित पुरस्कृत भए । विष्टले सर्वाधिक गोलकर्ता हुँदै नगद १० हजारबाट पनि पुरस्कृत भए ।
यसैगरि प्रतियोगिताको दुई सेमिफाईनलमा पुग्ने आयोजक मदन भण्डारी स्पोर्टिङ एकेडेमी र बुटवलको सुनौलो संगम युवा क्लबले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरि उत्कृृष्ट गोलरक्षक थ्रिस्टारका पिटर, उत्कृष्ट मिड फिल्डरबाट थ्रिस्टारकै निरञ्जन खड्क र उत्कृष्ट फरवार्डबाट थ्रीस्टारकै अजय मार्टिन पुरस्कृत भए । यसैगरि उत्कृष्ट गोलकिपरबाट मदन भण्डारीका बिनायक श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकका रुपमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी पुरस्कृत भएका छन् । विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई
नगद १५ हजार सहित कप प्राप्त गरे । विजयी टिमलाई प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार वितरण गरेका थिए ।
मदन भण्डारी स्र्पोट्स एकेडेमी प्रदेश ५ को आयोजनामा चैत ९ गतेदेखि बुटवलमा तेस्रो अन्तराष्ट्रिय मदनभण्डारी गोल्डकप भएको थियो । प्रतियोगितामा विभागिक टिम नेपाला आर्मी, नेपाल प्रहरी, रुस्लान थ्रिस्टार, एपिएफ, मनाङ मस्र्याङदी, मदनभण्डारी एकेडेमी, सुनौलौ संगम, झाप ११, सुदुर पश्चिम ११ र मलेसियाको हिमालय एफसिको सहभागिता रहेको थियो । प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै अर्को बर्ष थप व्यवस्थित गरि प्रतियोगिता गरिने आयोजक मदन भण्डारी एकेडेमी प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्तीले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७४ सोमबार ००:००  ४ : ३३ बजे