४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आईपीएल क्रिकेट आजदेखि सुरु, पहिलो खेलमा चेन्नेई र मुम्बई भिड्दै



मायादेवी अनलाइन, काठमाडौं ।
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ११ औं संस्करण शनिबार सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा चेन्नेई सुपरकिङ्स र मुम्बई इण्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेपछि मुम्बईको वाङखडे रंगशालामा सुरु हुनेछ । तीनपटकको विजेता चेन्नेई भारतीय राष्ट्रिय टीमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा छ भने मुम्बई भारतीय राष्ट्रिय टीमका उपकप्तान रोहित शर्माको कप्तानीमा छ ।

चेन्नेई भ्रष्टाचारको आरोपमा २ वर्षको प्रतिवन्धपछि यसपटक आइपिएलमा फर्किएको हो । चेन्नेईका प्रशिक्षक स्टेफेन फ्लेमिङले २ वर्षको प्रतिवन्धनले टीम र खेलाडीको प्रदर्शनमा कुनै फरक नपर्ने बताएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७४ शनिबार ००:००  १२ : ०१ बजे