५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आईपीएलको पहिलो खेलमा चेन्नइ विजयी



मायादेवी अनलाइन, काठमाण्डौं ।
ड्वेन ब्राभोले विष्फोटक ब्याटिङ गर्र्दै ६८ रन बनाएपछि आईपीएल क्रिकेटमा चेन्नेइ सुपरकिंग्सले विजयी यात्रा सुरु गरेको छ । दुई वर्षको प्रतिबन्धपछि आईपीएलमा फर्किएका महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नेइले मुम्बइ इण्डियन्सलाई १ विकेटले हराएको हो ।
मुम्बइएको वाङखडे स्टेडियममा १ सय ६६ रनको लक्ष्य दिएको घरेलु टोलीलाई हराउन ब्राभोले ३० बलमा ७ छक्का र ३ चौकासहित ६८ रन बनाए । केदार जाधवले नटआउट २४ रन बनाए । मुम्बइका हार्दिक पाण्ड्या र मायाङ्क मार्कण्ड्यले तीन – तीन विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइका लागि सुर्यकुमार यादवले ४३, क्रुनल पाण्ड्याले ४१ र इसान किसानले ४० रन बनाएका थिए । आईपीएलमा आइतबार बेलुकी दिल्ली डेयरडेभिल्स र किङ्स एलाभेन पञ्जाव खेल्दैछन् ।

प्रकाशित मिति : २५ चैत्र २०७४ आइतबार ००:००  ३ : १८ बजे