५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शिवपुरमा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शुरु, चन्द्रौटाको विजयी शुरुवात



सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरमा ५ नम्बर प्रदेश स्तरीय खुल्ला टी–२० क्रिकेट प्रतियोगिता संचालन भएको छ ।
नयाँ वर्ष २०७५ को अवसरमा शिवशक्ति युवा क्लब शिवपुर कपिलवस्तुले पहिलो पटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता संचालन गरेको हो । खेल उद्घाटन गर्दै कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले खेल र खेलाडीहरुलाई राज्यले उचित व्यवस्थापन गर्न विशेष किसिमको व्यवस्था गर्ने बताएका छन् । उनले खेलाडीहरुको पारिश्रमिक र खेल व्यवस्थापनका विषयमा सांसद बैठकमा कुरा राख्ने बताए । पछिल्लो समय नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय जगतमा खेल सुधार्दै नेपालीहरुको शिर उच्च पारेको भन्दै खेलाडीहरुको खुलेरै प्रशंसा गरे । स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई संरक्षण गर्दै उनीहरुलाई पनि राष्ट्रिय स्तरसम्म पु¥याउन आफूले सक्दो पहल गर्ने सांसद शाहले आश्वासन दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा भालुवाङलाई ४० रनले पराजित गर्दै ओम नेप्लिज चन्द्रौटा दोस्रो चरणमा प्रबेश गरेको छ । खराव मौसमका कारण निर्धारित १६ ओभरमा ओम नेप्लिजले दिएको १०७ रनको लक्ष्य पछाएको भालुवाङले १६ ओभरमा ९ विकेटको क्षतिमा ६७ रन बनाउन सक्यो ।
पहिलो ओवरमा २ विकेट गुमाएको ओम नेप्लिज चन्द्रौटाका सञ्जय मल्लले ५६ रनको योगदान दिए । भने भालुवाङलाई सस्तैमा समेट्न सन्तोस चौधरीले ४ विकेट लिएको खेल व्यवस्थापक मोहन पौडेलले जानकारी दिए । ५६ रन बनाएका सञ्जय मल्ल म्यान अफ द म्याच भएका थिए । मंगलबार राइटस्टेप एजुकेशन एकेडेमी र नेपाल आदर्श माविबीच हुने आयोजकले जनाएको छ ।
जिल्लाको शिवपुर कलौनीमा संचालन भएको क्रिकेट प्रतियोगितामा विभिन्न जिल्लाका १६ टिमले नाम दर्ता गराएको आयोजक संस्थाका अध्यक्ष जयबल्लभ भट्टराईले बताएका छन् । कपिलवस्तुको पहिचान र खेलको सम्मान, अनुशासित र मर्या्िदत समाज निर्माण गरी राष्ट्रलाई विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको शिवशक्ति युवा क्लबका खेल व्यवस्थापक मोहन पौडेलले बताए ।
खेलको विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । खेल २०७५ बैशाख ५ गतेसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४ सोमबार ००:००  २ : १० बजे