२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

आइपिएल : हैदरावादद्धारा राजस्थान ९ विकेटले पराजित



मायादेवी अनलाइन, काठमाडौं ।
इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सोमबार रातीको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको हो । जितका लागि पाएको १ सय २६ रनको सामान्य लक्ष्य हैदरावादले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । हैदरावादलाई जिताउन शिखर धवनले ७७ रन बनाए ।
म्यान अफ द म्याच भएका धवनले ५७ बलमा १३ चौका र १ छक्का हानेका थिए । यस्तै केन विलियम्स ३६ रनमा नट आउट रहे । ओपनर ऋद्धिमन साह ५ रनमै आउट भए पनि धवन र विलिम्यसले नट आउट रहँदै १ सय २७ रनको साझेदारी गरेका थिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । राजस्थानका लागि सञ्जु सामसङले ४९ रन बनाएका थिए ।
हैदरावादसँग हारेको राजस्थानले बुधबार बेलुकी सवा ८ बजे दिल्ली डेयर डेभिल्ससँग खेल्ने छ । मंगलबार बेलुकीको खेलमा भने कोलकता नाइट राइडर्स र चेन्नई सुपर किग्सले खेल्ने छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७४ मंगलबार ००:००  ४ : ४७ बजे