२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुमा राष्ट्रिय भलिवल प्रतियोगिता हुदै



दीपा महत, जितपुर ।
प्रथम कपिलवस्तु राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता वैसाख १४ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिता संचालनका लागि मंगलबार जितपुरमा बृहत भेला तथा अन्तरकृया कार्यक्रम गरिएको छ । जिल्ला खेलकुद विकास समितीको आयोजनामा उक्त प्रतियोगीता हुन लागेको कार्यक्रममा जानकारी दिइएको थियो । उक्त भेला तथा अन्तरकृयालाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समितीका अध्यक्ष छविरेश्मी मगरले प्रथम कपिलवस्तु राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा सातै वटा प्रदेशका खेलाडीहरु सहभागी हुने जानकारी दिए । जिल्लाका १० वटै स्थानीय तह विभिन्न संघ संस्था, राजनीतिक दल संग सहकार्य गरी ऐतिहासिक प्रथम कपिलवस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता संचालन गरिने लागेको उनले जनाए ।
कपिलवस्तु जिल्ला ऐतिहासिक सम्पदाले भरिपूर्ण जिल्ला भएको र यसको ब्यापक प्रचारप्रसार गर्नको लागि पनि प्रतियोगिता महत्वपूर्ण हुने आयोजकले विश्वास लिएको छ । भलिबल खेलका विभिन्न परिमार्जित नियमहरुको बारेमा खेलाडीहरुलाई जानकारी गराउनको लागी पनि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ५५ हजार ५ सय ५५ र तृतिय हुनेले ३३ हजार ३ सय ३३ सहित शिल्ड मेडर र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता वैशाख १७ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४ बुधबार ००:००  ३ : २६ बजे