२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

न्यु इयर कप :जनआर्दश क्लव शिवपुर बिजयी



अराज सिहं बेल्बासे, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा रहेको शिवशक्ति युवा क्लवको आयोजनामा जारी ५ नं प्रदेश स्तरीय खुल्ला टि २० न्यु इयर कप २०७५ क्रिकेट प्रतियोगीता अन्तर्रगत बुधबा। भएको खेलमा शिबगढी युवा कल्वलाई ५ बिकेटले पराजित गर्दै जनआर्दश क्लव दोस्रो चरणमा प्रबेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको शिवगढीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि व्याटिङमा उत्रिएको जनआदर्शले ८ ओभरमा ५ बिकेटको क्षतिमा जित हासिल गर्न सफल भयो ।

जनआदर्शको जितको लागि जावेद आलमले ३१ रनको योगदान गरे भने शिबगढीका सुर्य पुरीले २७ रन जोड्न बाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन । ३१ रन हानेका जावेद आलम म्यान अफ द म्याच घोषित भए । यस्तै विहिबारको खेल आयोजक शिव शक्ती ए र रुद्रपुर युवा क्लव बिच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४ बुधबार ००:००  ४ : २७ बजे