२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट भारतको कब्जामा



एजेन्सी ।
इंग्ल्याण्डविरुद्धको पाँच टेस्ट श्रृंखलामा भारतले पहिलो जित हात पारेको छ । लगातार दुई टेस्ट गुमाएको भारतले तेस्रो टेस्टमा २०३ रनको जित निकालेको हो । नटिङह्याममा ५२१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३१७ रनमा ल आउट भएपछि भारतको २०३ रनको जित सम्भव भएको हो ।

पाँचौ दिनको पहिलो सत्रमै भारतका रविचन्द्रन आश्विनले अन्तिम विकेटकारुपमा जेम्स एन्डरसनलाई आउट गरे ।

दोस्रो पारीमा शुरुआती ४ विकेट सस्तैमा गुमाएको इंग्ल्याण्डका लागि जस बट्लर र बेन स्टोक्सले १६९ रनको साझेदारी गरेका थिए । चौथो दिनको अन्तिम सत्रमा जसप्रित बुमराहले बटलरलाई १०६ रनको स्कोरमा आउट गरे । त्यस्तै स्टोक्स पनि ६२ रनमा आउट भएपछि इंग्ल्याण्ड हार नजिक पुगेको थियो ।

दोस्रो पारीमा भारतका बुमराहले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा ३२९ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्ड १६१ रनमै अल आउट भएपछि पहिलो पारीमै भारतले १६८ रनको अग्रता बनाएको थियो । दोस्रो पारीमा कप्तान विराट कोहलीको शतकीय योगदानमा भारतले ७ विकेट गुमाएर ३५२ रन बनाएर इंग्ल्याण्डले ५२१ रनको लक्ष्य दिँदै पारी समाप्तिको घोषणा गरेको थियो ।

तेस्रो टेस्ट भारतले जितेसँगै श्रृंखला २–१ को अवस्थामा आएको छ । चौथो टेस्ट ३० अगस्टदेखि साउथह्याम्पटनमा सुरु हुने छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५ बुधबार ००:००  ११ : २० बजे