२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

रोनाल्डोविनाको रियलद्धारा जिरोनाको पोष्टमो ४ गोलको बर्षा



(एजेन्सी)

स्पेनिस प्रतियोगिता ला लिगामा रियल मड्रिडले लगातार दोश्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ गोलको शानदार जित निकालेको हो । ला लिगाको पहिलो खेलमा गेटाफेमाथि २–० को जित निकालेको रियल दोश्रो खेलमा पनि विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ ।

जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाको लागि एक मात्र सान्तवना गोल बोर्जा गार्सियाले फर्काए ।

खेल सुरु भएको १६औं मिनेटमा नै गोल खाएको रियलले त्यसपछि भने उत्कृष्ट पुनरागमन गर्दै ४ गोल गर्न सफल भयो । रियलको लागि पहिलो हाफको ३९ औँ मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्न सफल भए ।

त्यसपछि पनि रियलले ५२औं मिनेटमा अर्को पनाल्टी पायो । त्यसमा करिम बेन्जेमाले सहज गोल गरे । त्यसपछि  ५९औं मिनेटमा ग्यारेथ बेलले इस्कोको पासलाई गोलमा परिणत गरेपछि रियलले खेलमा ३–१ को अग्रता बनाउन सफल भयो । त्यसअघि रियलका गोलरक्षक केलर नाभासले रियललाई बराबरी गोलबाट बचाएका थिए ।

ला लिगा : रियल मड्रिडको पुनरागमन जितमा बेन्जामाको दुई गोल

८०औं मिनेटमा करिम बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै रियलको ४–१ को गोल सुनिश्चित गरे । बेलको पासमा बेन्जेमाले गोल गर्न सफल भएका हुन् । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले खेल ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । पूर्व स्टार रोनाल्डो नभए पनि रियलले आफ्नो लय भने गुमाएको छैन । ला लिगाकै अर्काे खेलमा सेभिल्ला र भिल्ला रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

जितसँगै रियल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियलले गोल अन्तरमा साविकको विजेता बार्सिलोनालाई पछि पारेको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७५ सोमबार ००:००  १ : ३६ बजे