६ असार २०८३, शनिबार | Sun Jun 21 2026

प्रिमियर लिगमा चेल्सी र वाटफोर्डको लगातार तेस्रो जित



एजेन्सी, मायादेवी अनलाइन

प्रिमियर लिगमा चेल्सी र वाटफोर्डले लगातार तेस्रो जित हात पारेका छन्। लिगअन्तर्गत आइतवार भएको खेलमा चेल्सीले आत्मघाती गोलको सहयोगमा न्यूकासल युनाइटेडलाई २–१ ले हरायो।

घरेलु मैदानमा न्यूकासलले चेल्सीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो। तर ७६औँ मिनेटमा एडेन हाजार्डले पेनाल्टीमा गोल गर्दै लण्डन क्लब चेल्सीलाई अग्रता दिलाए। त्यसको ७ मिनेटपछि नै जोसेलुले न्यूकासलको लागि गोल गर्दै खेल बराबरीमा र्पुयाए। तर ८७औँ मिनेटमा डेआन्द्रे येडलिनले आत्मघाती गोल गरेपछी चेल्सी विजयी भयो।

लगातार तेस्रो जितपछि चेल्सी अंकतालिकामा दोस्रो स्थानमा छ। समान अंक भएपनि गोलअन्तरमा अगाडी रहदै लिभरपुल शीर्ष स्थानमा छ।

यस्तै वाटफोर्डले क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै तेस्रो जित हात पारेको छ। नयाँ सिजनमा अहिलेसम्म खेलेको ३ वटै खेल जित्नेमा लिभरपुल र चेल्सीसँगै वाटफोर्ड पनि हो।

रोवर्टो पेरेरा र जोस होलेबसले गोल गरे। प्यालेसका लागि विलफ्रेड जाहाले एक गोल फर्काए। लगातार तेस्रो जितपछि वाटफोर्ड तेस्रो स्थानमा छ।अर्को खेलमा फुलहमले बर्नलीलाई ४–२ ले हराउँदै सिजनको पहिलो जित हात पारेको छ।

नयाँ सिजनमा शतप्रतिशत जित हात पारेको अर्को क्लब टोटनहम हट्सपरले तेस्रो चरणको अन्तिम खेलमा म्यानचेष्टर युनाइटेडसँग खेल्नेछ।

प्रकाशित मिति : ११ भदौ २०७५ सोमबार ००:००  १ : ५१ बजे