५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

कुमाल समुदायको पीडा, दशैको खुसी खोज्न अम्बा र डोको बोकेर बजार



शिवलाल सुवेदी, गुल्मी ।
बिहानको करिव १० वज्दै थियो । सरकारी कार्यालय, अन्य सघं सस्था र बिद्यालय जाने समय । आफ्नै गन्तव्यमा पुग्न सवैलाई हतारोमा । अगाडि काखँमा ७ महिनाको दुधे वालक । पछाडी डोकोमा करिव ३० केजीजति (बेलाउती) अम्बा । हिन्दुहरुको महान पर्व दशैले छोएको सदरमुकाम तम्घासको व्यस्त बजार अनि निकै चहलपहल । पसिना पुछ्दै छिनछिनमा उभिएर भन्छिन ः ए हजुर बेलाउती (अम्वा) राख्नुस ।
यो इस्मा गाउँपालिका ५ हुलाकेकी २५ बर्षिया माया कुमालको पछिल्लो दैनिकी हो । उनी दशैको खुसीका लागि दैनिक सदरमुकाम तमघासमा अम्वा विक्रि गर्नका लागि आउछिन । विहान हुलाकेवाट डोकोमा अम्वा लिएर सदरमुकाम आउने र साझँ घर फर्किने गर्छिन कुमाल । उनीसगै उक्त गाउँमा अधिकाशं कुमाल समुदायका मानिसहरु दशै मान्नका लागि लामो समयदेखि अम्वाको ब्यापार गरेर दशै मनाउने गर्दछन । घरमा मुली मान्छे कमाउन वुटवलतिर गएका छन २५ बर्षिय माया कुमालले भनिन‘ काखँमा सानो वच्चा भएपनि दशै त खुसीसाथ मनाउन प¥यो हजुर ।’ उनका अनुसार एकदिनमा अम्वा विक्रि गरेर ५÷६ सय रुपैया आम्दानी हुने बताईन । के गर्ने हजुर काम गरेर खाने बारी छैन, दुख बिसाउने ठाउँ छैन् मौसम अनुसारका फलफुल र डौडे तथा सालका पात विक्रि नगरे पेट पाल्न मुस्किल पर्ने उनको भनाई रहेको छ । माया जस्तै इस्माका कुमाल समुदाय मौसमी व्यापार गर्न जिल्लाका विभिन्न स्थानमा पुग्छन् । बर्खामा माछा मार्ने, अम्बा बेच्ने, डौडे टिप्नेदेखि सालका पात बेचेर उनीहरुले परिवारको जोहो गर्ने गर्दछन् । अहिले दशै खर्च जुटाउन अम्बा बोकेर तम्घास बजार आउने धेरै परिवार कुमाल समुदाय नै छन् । १० रुपैयाँमा तीन वटा अम्बा तम्घासमा बिक्री हुने गदर्छ । ‘तीन वटा बेचे १० आउँछ, धेरै टिप्न र बोक्न सके कमाई ठिकै हो,’सोहि स्थानका डिल बहादुर कुमालले भने,‘यो दशै मनाउने व्यापार भएकाले दशैलाई कमाई गर्छौ ।’ उनी पनि अरु बेला गाउँमै मेलापात गर्छन् । उनीहरु एक दिन टिप्ने र अर्को दिन बसमा तम्घास आउने गर्छन् ।
केहि बर्ष पहिलेसम्म तीन÷चार घण्टाको बाटो हिडेर तिनीहरु बजार आउँथे । अहिले समयसंगै उनीहरु पनि फेरिएका छन् । ‘पहिले हिडेर आउँदा थकाई लागेपनि कमाई राम्रो हुन्थ्यो,’अम्बा बेच्न चिदिचौरमा आएकी मिना कुमालले भनिन,‘अहिले कमाई भाडामा सकिन्छ ।’ वुटवलमा मजदुरी गर्ने बताउने श्रीमानले घरमा फर्केर नर्हेने गरेकाले आफुले छोराछोरी पाल्नका लागि मौसमी ब्यापार समाउनु परेको बताईन । मेला महोत्सवमा समय अनुसारका फलफुल, तरकारी बेचेर आफ्नो घरखर्च चलाउने गरेको मीनाले बताईन । यस्तै विद्यालय जाने उमेरका कुमाल समुदायका वालवच्चाहरु पनि विदाको मौका छोपेर मौसमी ब्यापार गरेर कापी कलम किन्ने गदै आएका छन ।

इस्मा गाउँपालिका ६ का १२ बर्षिय भेष बहादुर कुमालले पनि विदाको मौकामा पलाष्टिकमा अम्बा बोकेर तम्घास–सिमलटारी–प्युठान सडक विक्रिका लागि बस्ने गदै आएका छन । दाना अनुसार एक पलाष्टिक अम्बाको ५० देखि एक सय रुपैयाँ पर्छ उनले भने‘ एक दिनमा दुई÷तीन सय अम्बा बेचेर कमाइन्छ ।’ उनले बुल्म प्रावि इस्मा गाउँपालिका ६ अम्मरपुरको कक्षा ५ मा पढ्छन् । अहिले उनी सहितका कुमाल बालबालिका अम्बा बेचेर दशै खर्च जुटाइरहेका छन् । सोहि स्थानका १० बर्षिय ओम कुमाल पनि बिहानदेखि बेलुकासम्म अम्बा नै बेच्छन् । ‘दुई भाई नै अम्बा लिएर आएका छौ, दैनिक दुई÷तीन सय कमाउँछौ,’उनले भने,‘यो बेलाको आम्दानी दशैको हो ।’ आफुहरु कहिलेकाहि बिद्यालय छोडेर पनि विभिन्न फलफुल तथा तरकारी बेच्न हिड्ने उनले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  १ : ५६ बजे