कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले बिभिन्न ६ बुँदे माग राख्दै तौलिहवा स्थित प्रशासन कार्यालय अघि बिरोध प्रर्दशनसहित धर्ना दिएको छ । दिउँसो साढे १२ देखि साढे १ बजे सम्म बिरोध प्रर्दशन र धर्नाको क्रममा नाराबाजी समेत गरेका थिए ।
निर्वाचन क्षेत्र पुनर्संरचना, पूर्ण समानुपातिक निर्वाचन, जेन्जीले उठाएका जायज मागको सम्बोधन, आन्दोनमा गठित छानबिन समितिको प्रतिबेदन सार्बजनिक कृषकहरुलाई सहुलियत दरमा ऋण, मलखाद र बीउको ब्यवस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्थाको माग राख्दै उनीहरु आन्दोलित भएका हुन । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु नगरपालिकाका मेयर सुुदीप पौडेल, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतको सहभागीता रहेको थियो ।







प्रतिक्रिया